वायर्न शीर्ष स्थानमा

डिसी नेपाल
१८ माघ २०७६ २२:२२

एजेन्सी । साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मैन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो ।

मैन्जको मैदानमा आठौं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए ।

खेलको २६ औं मिनेटमा थियागोले गोल गर्दै वायर्नको अग्रता ३–० को बनाए । खेलको ४५ औं मिनेटमा घरेलु टोलीका जेरिमिहा जुस्टेले गोल गर्दा पहिलो हाफमा वायर्न ३–१ ले अघि रह्यो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल वायर्नले ३–१ ले आफ्नो बनायो ।

जितसँगै वायर्नले २० खेलमा ४२ अंक जोडेको छ । वायर्नले आरबी लिपजिगलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । १८ अंक जोडेको मैन्ज १५ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *