मड्रिड डर्बीमा रियलको साँघुरो जित

डिसी नेपाल
१८ माघ २०७६ २२:४५

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

शनिबार राति भएको मड्रिड डर्बीमा रियलले १–० गोलको साँघुरो जित निकालेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।

जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनासँग ६ अंकको अग्रता लिएको छ। बार्सिलोनाले रियलले भन्दा एक खेल कम खेलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *