ऋषिप्रसाद शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा क्षति: राज्यमन्त्री रावत

डिसी नेपाल
१९ माघ २०७६ ७:११

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले तत्कालीन नेकपा (एमाले) का नेता एवं पहिलो संविधानसभा निर्वाचन २०६४ का उम्मेदवार ऋषिप्रसाद शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए ।

ऋषि स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले ऋषिबाट सङ्घर्ष गर्न सिक्नुपर्ने बताए ।

“इमान्दार, थुप्रैपटक त्याग, तपस्या गर्दै कम्युनिष्ट पार्टीलाई स्थापित गराएको नेता थिए ।”, ऋषिका सहकर्मीसमेत रहेका राज्यमन्त्री रावतले भने, “उहाँले राजनीतिलाई कहिल्यै कमाउने माध्यम बनाउनुभएन, आर्दशको राजनीति गर्नुभयो।” सुर्खेत–१ का उम्मेदवार शर्मालाई विसं २०६४ चैत २६ गते पूर्वीसुर्खेतको मैनतडामा आफ्नै अङ्गरक्षकले गोली हानि हत्या गरेका थिए।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले शहीद शर्माले देखाएको बाटोमा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

उनले ऋषि सुर्खेतका मात्र नभई तत्कालीन भेरी–राप्ती क्षेत्रकै चर्चित नेता भएको बताए। ऋषि पत्नी एवं पहिलो संविधानसभा सदस्य कमला शर्माले आफ्नो जीवनसाथी मात्र नभई एउटा स्थापित नेताको अभाव सधैँ खड्किरहने बताए । उनले भने, “ऋषिले देखाएको बाटो अनुशरण गर्न सकेमात्र उनीप्रति सच्चा सम्मान हुनेछ।”

प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माले ऋषिका विचारलाई संस्थागत गर्न जरुरी रहेको बताए । प्रतिष्ठानले भेरीगङ्गा नगरपालिका–१० मदानेचौरमा ऋषि स्मृति बाटिका निर्माण गरिरहेको छ।

अध्यक्ष शर्माले प्रतिष्ठानअन्तर्गत माक्र्सवाद अध्ययन पुस्तकालय, ऋषि स्मृति स्मारिका प्रकाशन गर्ने योजना सुनाए ।प्रतिष्ठानले विसं २०६६ देखि ऋषिको जन्मदिन पारेर उनलाई सम्झँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *