भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुललाई यति ठूलो रकम अफर गर्दै

काठमाडौं। इटलीको सिरी ए च्याम्पियन युभेन्टसले युरोपियन च्याम्पियन्स लिग च्याम्पियन युभेन्टसका सुपरस्टार भर्जिल भान डाइकलाई भित्र्याउन १५० मिलियन पाउण्डको किर्तिमानी मूल्य अफर गरेको छ । यदि युभेन्टसको यो प्रयास सफल भएमा यी डिफेन्डर दोस्रो पटक विश्वकै सबैभन्दा महंगा डिफेण्डर बन्नेछन् । यसअघि लिभरपुलले उनलाई साउथह्याप्टनबाट किर्तिमानी ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
रियल मडिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याइसकेको युभेन्टसले अब भान डाइकलाई च्याम्पियन्स लिग जिताउने खेलाडीको रुपमा पहिचान गरेको हो । युभेन्टस स्रोतलाई उद्धृत गर्दै सनस्पोर्टले लेखेअनुसार लिभरपुलबाट सबैजसो ट्रफी जितिसकेपछि भान डाइन नयाँ चुनौतीको लागि तयार भएको युभेन्टसको बुझाइ छ । नेदरल्याण्डका कप्तानको रुपमा आफ्नो देशलाई गत सिजन नेशन्स लिगको फाइनलसम्म पुर्याएका भान डाइक गत सिजन बालोन डिओरमा पनि मेस्सीपछि दोस्रो स्थानमा थिए ।
Facebook Comment