राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी जेठमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी जेठमा हुने भएको छ । आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन आगामी जेठ २५ गते काठमाडौमा गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
‘धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्तपार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमाफसाउने टड्कारो संभावना देखिन्छ ।’ अध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘त्यसर्थ, धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहितगर्न, यस्ता कार्यमा संलग्नलाई कडा कारबाहीगर्न राप्रपा सरकारसँग मागगर्दछ ।’
नेपालमा चर्चामा रहेको एमसीसीलाई पारित गराउनेमा राप्रपा सकारात्मक देखिएको छ भने भारतद्वारा अतिक्रमित नेपाली सीमानाकालागि तत्काल पहली कदम चाल्न सरकारसँग जोडदार माग गरिन्छ । विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको पुनस्र्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान जस्ता बिषयलाई लिएर फाल्गुन र चैतमाविभिन्नजिल्लाहरुमा राष्ट्रिय स्वाभिमानयात्रा संचालनगरिने छ ।’
Facebook Comment