मृगौला रोगी मगरलाई नेपाली जनसम्पर्क समिति ओमनको आर्थिक सहयोग

डिसी नेपाल
२० माघ २०७६ ११:२१

मस्कट । नेपाली जनसम्पर्क समितिले ओमनले एक मृगौला रोगीलाई आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेल भएकी पोखरा महानगरपालिका–३३ ठुलो पाखा, कास्की निवासी ३२ वर्षीया  मिना पुन मगरलाई समितिले ५० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।

पीडित मिना हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत छिन् । उनको आर्थिक स्थिति निकै नाजुक रहेको साथै श्रीमानबाट पनि पीडित रहि सहयोग नपाएको जानकारी पाएपछि  उपचारमा राहत होस भन्ने हेतुले आर्थिक सहयोग गरेको समितिले जनाएको छ ।

उनको अहिले आमा बिममाया पुन मगरको  रेखदेखमा अस्पतालमा उपचार भइरहेको छ । नेपाली जनसम्पर्क समितिका सदस्यहरूबाट संकलित उक्त सहयोग रकम समितिका केन्द्रिय सदस्य  डम्बरबहादुर पुनले उपचाररत पश्चिमाञ्चल क्षेत्रीय पोखरामा पुगेर हस्तान्तरण गरेका हुन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *