बिग बास लिगको टिम अफ द टुर्नामेन्टको घोषणा, कुन-कुन खेलाडीले स्थान बनाए ?

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग अब अन्तिम चरणमा रहेको छ । सिड्नी सिक्सर्स फाइनलमा पुगेको छ भने मेलवर्न स्टार्स र सिड्नी थण्डर फेब्रुअरी ६ मा च्यालेन्जर खेलेर विजयी टिम फाइनलमा पुग्ने छ । फाइनल खेल फेब्रुअरी ८ मा हुदै छ ।
यसै बीच बिग बासको सिजन सकिनु अघिनै बिग बासको यस बर्षको ‘टिम अफ द टुर्नामेन्ट’ को घोषणा गरिएको छ । बिग बासका कोचहरुको प्यानलले ११ सदस्यीय ‘टिम अफ द टुर्नामेन्ट’ को घोषणा गरेको छ ।
टिम अफ द टुर्नामेन्टमा मेलवर्न स्टार्सबाट तीन खेलाडी परेका छन् भने एडिलेड स्ट्राइकर्सबाट पनि तीन खेलाडी परेका छन् । त्यस्तै पर्थ स्कोरचेर्सबाट २ जना परेका छन् भने सिड्नी सिक्सर्स, सिड्नी थण्डर, होबर्ट हुरीक्यानबाट एक एक जना परेका छन् ।
टिम अफ द टुर्नामेन्ट : मार्कोस स्टोइनिस, ग्लेन म्याक्स वेल, हरिस राउफ (मेलवर्न स्टार्स), जोनाथन वेल्स, राशिद खान, पेटर सिडडल (एडिलेड स्ट्राइकर्स), जोश इंगलिस (विकेट किपर), मिचेल मार्श (पर्थ), माथ्यु वाडे (होबर्ट हुरिक्यान), डानियल साम्स (सिड्नी थण्डर), टम कुरान (सिड्नी सिक्सर्स) ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा १५ विकेट लिदै समुह चरणका खेल खेलेर नेपालको त्रिकोणीय सिरिजका लागि स्वदेश फर्किएका थिए । सन्दीपले भने टिम अफ द टुर्नामेन्टमा स्थान बनाउन सकेनन् ।
Facebook Comment