अमेरिकाको असहयोग, पाकिस्तानकाे सहयाेग
बेइजिङ (एजेन्सी)। विगत दुई हप्ता यता गम्भीर स्वास्थ्य समस्या भोगिरहेको चीनले संकटको फाइदा उठाउँदै अमेरिकाले अस्वभाविक कदम चालेको आरोप लगाएको छ । चीनको वहानमा पहिलो पटक देखा परेको रमस्यमयी कोराना भाइरस हाल चीनमा महामारीका रुपमा फैलिएको बेला अमेरिकाले सहयोग नगरी अस्वभाविक कदम चालेको चीनको आरोप छ । चीनको सरकारी सञ्चार माध्यम पिपुल्स डेलीले एक समाचार लेख्दै अमेरिकाले अस्वभाविक कमद चालेको आरोप लगाएको हो ।
अमेरिकाले विनाकुनै तथ्य र सामान्य शिष्टाचारको ख्याल नगरी कोराना भाइरसबारे आतंक फैलाएको चीनको आरोप छ । गएको जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्यालाई विश्वव्यापरी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो । त्यसपछि अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ । यस्तै चीनमा रहेका आफ्ना नागरिकलाई पनि अमेरिकाले स्वदेश फर्काएको छ । साथै चीनबाट फर्केका आफ्ना नागरिकलाई अमेरिकाले निगरानीमा राखेको छ ।
उता चीनले भने आफू कोरोना भाइरस संकटसँग लडिरहेको बेला अमेरिकाले सहयोग नगरेको आरोप लगाएको छ । तर, पाकिस्तानले भने सहयोग गरिरहेको चीनले बताएको छ । चीनले पाकिस्तानका तर्फबाट एक मित्रले पाउने सहयोग पाइरहेको पिपुल्स डेलीले उल्लेख गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसविरुद्धको चीनको लडाईँमा आफ्नो सहयोग रहेको बताएको पिपुल्स डेलीले जनाएको छ ।
विश्वका करिब २८ देशमा यो भाइरस देखा परेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनमा मात्र यो भाइरसका कारण ३६० भन्दा धेरैको मृत्यु भइसकेको चिनियाँ अधिकारीले पुष्टि गरिसकेका छन् ।
अमेरिकाले मात्र नभइ विश्वका अन्य मुलुकले पनि चीनसँगको यातायात सम्बन्धलाई स्थगित गरेका छन् । उता हङकङमा चनिसँगको सीमा बन्द गर्नुपर्ने आवाज उठेको छ ।
Facebook Comment