उपल्लो डोल्पामा झाडापखाला समस्या

डिसी नेपाल
२१ माघ २०७६ ११:३०

डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् ।

चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् ।

डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ।

दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए ।

उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरे ।

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्।

दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ।

हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *