लोकसेवाको पाठ्यक्रममै समावेश गर्न लायक ‘परराष्ट्रका पात्रहरू’

डिसी नेपाल
२१ माघ २०७६ ११:३३

निकै लामो समयदेखि मेरै छिमेकीको रुपमा बस्दै आएपनि राम्रो चिनजान नभएका कारण प्रत्यक्ष भेट हुँदा पनि हाम्रो बोलचाल हुँदैन थियो। एक दिन उहाँ आफैंले–तपाईँ दाहालजी होइन, म मदन भट्टराई’ भन्दै उहाँले नै बोलानु भयो। त्यसपछि हामीबीच भेट हुँदा निकै नजिकको महशुस हुने गरी कुराकानी हुने गथ्र्यो।

त्यत्तिकैमा एक दिन पर्यटन बोर्डको हलमा मेरो पुस्तकको विमोचन छ, दुई बजे आउनु है भनेर भन्नु भयो। म पनि डाक्टर मदन भट्टराई विभिन्न मुलुकमा कर्मचारी र राजदूतको रुपमा प्रतिनिधित्व गरिसकेको र उहाँले परराष्ट्र मामिलामा लेखेको पुस्तक निकै उपयोगी हुन सक्छ भनेर पुस्तक विमोचन कार्यक्रममा सहभागी भएँ।

तीन सय भन्दा बढी पेज भएको पुस्तक, ६ सय मूल्य र १ सय छुट गरेर पाँच सयमा बिक्री गर्न राखिएको थियो, मैले उक्त पुस्तक किनेँ। डाक्टर भट्टराईद्वारा लिखित ‘परराष्ट्रका पात्रहरु’ पुस्तक ल्याएर सर्सती अध्ययन गरेँ। तर एक दुई पटक पढेर नपुग्ने, आवश्यक पर्दा र चाहिँदा पढिरहनु पर्ने अनि ज्ञान लिइरहनु पर्ने पुस्तक रहेछ।

यसअघि मैले ऋषिकेश शाहको पुस्तक पढेँ। शैलेन्द्रकुमार उपाध्यायको पनि पुस्तक पढेँ। २०५०/५२ साल तिर शैलेन्द्रकुमार उपाध्यायका पुस्तकको निकै चर्चा चलेको थियो। विशेष गरी भारतसँगका सम्बन्धका कुराहरुमा उहाँको पुस्तकको बढी चर्चा हुन्थ्यो।

डाक्टर मदन भट्टराईको पुस्तक पढिसक्दा मलाइ के लाग्यो भने निकै उपयोगी र त्यसमा पनि परराष्ट्रका लागि नयाँ सेवा प्रवेश गर्ने कर्मचारीहरुका लागि झनै उपयोगी हुने र लोकसेवा आयोगले परारष्ट्र सेवामा प्रवेशमा आउनेका लागि परीक्षा संचालन गर्दा पाठ्यक्रममै राखेर प्रयोगमा ल्याउन उपयोगी हुने किसिमको अति उपयोगी र सूचनामूलक पुस्तक उहाँबाट लेखिएको र प्रकाशन भएको पाइयो।

उहाँको पुस्तक पढ्दै जाँदा समग्रमा ‘परराष्ट्रका पात्रहरु’ अन्य पुस्तक भन्दा फरक पाएँ। त्यो कसरी भने नेपालको परराष्ट्र मामिलाको इतिहास सुरुदेखिको लेखकले पुस्तक प्रकाशन गर्दासम्मका सबै सूचनाहरु त्यसमा पढ्न पाइन्छ।

पुस्तक जे आउँछ, नयाँ नै हुन्छ र पठनयोग्य नै हुन्छ। डाक्टर मोहन लोहनीले २०५५/५६ सालतिर एक दिन विहानी यात्रामा भन्नु भएको थियो–तिम्रो राजनीतिशास्त्रको स्नातकोत्तर तहमा प्रस्तुत गरेको शोधपत्र पनि पुस्तकको रुपमा प्रकाशन गर्यौ भने नयाँ नै हुन्छ।’

नेपालमा लेखन र प्रकाशनको इतिहास लामो छैन र धेरै लेखक र प्रकाशक भर्खरै विकसित हुँदै आएका छन्। तर, जे लेखे पनि नयाँ नै हुने र स्रोत र क्रेता पनि पाइन्छ। त्यस्तै डाक्टर मदन भट्टराईको पुस्तक पढिसक्दा मलाइ के लाग्यो भने निकै उपयोगी र त्यसमा पनि परराष्ट्रका लागि नयाँ सेवा प्रवेश गर्ने कर्मचारीहरुका लागि झनै उपयोगी हुने र लोकसेवा आयोगले परारष्ट्र सेवामा प्रवेशमा आउनेका लागि परीक्षा संचालन गर्दा पाठ्यक्रममै राखेर प्रयोगमा ल्याउन उपयोगी हुने किसिमको अति उपयोगी र सूचनामूलक पुस्तक उहाँबाट लेखिएको र प्रकाशन भएको पाइयो।

हुन त एउटा समस्या छ, यसरी ऐतिहासिक दस्तावेज समेटेर प्रकाशित भएको पुस्तकमा दस्तावेजको आधिकारिकता के हो? भन्ने प्रश्न पनि उठ्न सक्ने देखिन्छ। तर, अध्ययन गर्दा नै ऐतिहासिक र सत्यता आफैंमा पुष्टि हुन्छ। त्यसैले पुस्तक अति उपयोगी छ।

जगदीश दाहाल

डाक्टर मदन भट्टराईलाई मैले यो पुस्तक पढेँ र अति उपयोगी र राम्रो लाग्यो भन्दा उहाँले यस्तै पुस्तक म चार खण्डमा लेख्ने र प्रकाशन गर्ने तयारीमा छु, त्यसमा मैले परराष्ट्रका राजनीतिक व्यक्तित्वहरु, परराष्ट्रमा हाम्रो मुलुकले लिएको नीति फरक फरक किसिमले लेख्दैछु भन्दा मैले उहाँलाई भनेको थिएँ–तपाईँको पुस्तक ऐतिहासिक र उपयोगी पाइयो। तर पुस्तक सम्पादित हो वा लिखित हो तपाईँको ज्ञान र बुद्धि पुस्तकमा प्रयोग भएको पाइएन।

भेटिएका र संकलन गरेका सामग्रीको सम्बन्धमा लेखिएको तर तपाईँको ज्ञान र बुद्धि प्रयोग नभएको जस्तो पुस्तक पढ्दा मलाइ लागेको छ’ भनेर भनेको थिएँ। उहाँले त्यसलाई हाँसेर जवाफ नदिइ मौन रुपमा स्वीकार गर्नु भएको थियो।

यसो भन्दै गर्दा अघिल्लो हप्ता कान्तिपुरको कोसेलीमा डाक्टर जयराज आचार्यको पुस्तकका सम्बन्धमा भित्र पसेर पुस्तकका कुराहरुका सम्बन्धमा लेखेका कुराहरु मैले पढेँ। डाक्टर आचार्यका क्रिटिकल किसिमका पुस्तक अध्ययनका प्रतिक्रिया र सकारात्मक पक्षहरु लेखकलाई प्रोत्साहन गर्ने किसिमको विचार अनि पुस्तकका सम्बन्धमा अभिव्यक्त भएका विषय राम्रो लाग्यो।

अन्त्यमा यो पुस्तकले परराष्ट्र क्षेत्रका र परराष्ट्र मामिलामा अध्ययन गर्न चाहने, मुलुकको परराष्ट्रको खोजी गर्ने र अध्ययन गर्न चाहनेका लागि अत्यन्त उपयोगी दस्तावेज डाक्टर मदन भट्टराईले नेपाली अध्ययता समाजमा ल्याइदिनु भएको छ। यस्तै उहाँको जाँगर जोश र कलमको टुप्पोबाट उहाँको ज्ञान र बुद्धि प्रयोग भएर अझ अरु अध्यनार्थ सामाग्री बजारमा आउन् भन्ने चाहना मेरो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *