ए डिभिजन लिगः अन्तिम खेलमा आर्मी र मछिन्द्र भिड्ने

डिसी नेपाल
२१ माघ २०७६ १७:४७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको अन्तिम तीन चरणको खेल तालिका अनुसार आर्मी र मछिन्द्र भिड्ने भएका हुन् ।

लिगको अन्तिम खेलमा दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । लिगमा अहिले आर्मी र मछिन्द्र शीर्ष दुई स्थानमा रहेका छन् । आर्मी २३ अंकसहित शीर्ष स्थानमा रहदा २२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

यस्तै एन्फाले लिगको एन्फाले ११ औं, १२ औं र १३ औं चरणको खेलहरु एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने जनाएको छ । अब लिगको अन्तिम खेल मात्र रंगशालामा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *