न्युजिल्याण्डका कप्तान विलियम्सनले भारतसँगको दुई खेल गुमाउने

एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको सुरुवाती दुई खेल गुमाउने भएका छन् ।
बाँया हातको कुमको चोटको कारण विलियम्सनले सुरुवाती दुई खेल गुमाउने भएका हुन् । घरेलु टिम न्युजिल्याण्डले भारतसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
न्युजिल्याण्डले विलियम्सनको स्थानमा मार्क चापम्यानलाई टिममा बोलाएको छ । न्युजिल्याण्डले यसअघि भारतविरुद्ध पाँच खेलको टी–ट्वान्टी ५–० ले गुमाएको थियो ।
प्रतिक्रिया
Facebook Comment