सावित्राको गोल, गोकुलम सेमिफाईनलमा

एजेन्सी । भारतमा जारी हिरो आईलिग महिला फुटबलमा नेपाली खेलाडी सावित्रा भण्डारी आवद्ध गोकुलम फुटबल सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा बैंग्लोर युनाइेटडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोकुलमको जीतमा सावित्राले पनि एक गोल योगदान गरिन् ।
गोकुलमका लागि कमलादेवीले ह्याट्रिक गर्दा सावित्राले एक गोल गरेकी थिइन् भने एक गोल आत्मघाति उपहार पाएको थियो । आजको गोलसँगै सावित्राले जारी हिरो लिगमा गोल संख्या १२ पुर्याएकी छिन् ।
प्रतिक्रिया
Facebook Comment