यू–१९ विश्वकपः सेमिफाईनलमा भारतसँग पाकिस्तानको लज्जास्पद हार

डिसी नेपाल
२१ माघ २०७६ २०:११

एजेन्सी । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाईनलमा पाकिस्तानले भारतसँगको लज्जास्पद हार व्यहोरेको छ। मंगलबार भएको खेलमा भारत १० विकेटले विजयी हुँदै फाईनलमा प्रवेश गरेको छ।

पाकिस्तानले दिएको १७३ रनको लक्ष्य भारतले ३५.२ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको हो। भारतको जितका लागि यशस्वी जयसवालले सतकिय पारी खेले। उनले ११३ बलमा ८ चौका र ४ छक्का लगाउँदै १०५ रन बनाएका हुन्। यस्तै अर्का ओपनर दिभ्यांस सक्सेनाले ५९ रन बनाए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान रोहेल नाजिरले ६२ तथा हेदर अलीले ५६ रन बनाए। यस्तै मोहम्मद हेरिसले २१ रन बनाउँदा अन्य कुनै पनि खेलाडीलले दोहोरो रन बनाउन सकेनन् । भारतको सुशान्त मिश्राले ३ तथा कार्तिक त्यागि र रवि बिश्नोईले २–२ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *