ज्ञान निकेतन बास्केटबल प्रतियोगिताः जेभियर र गोल्डेनगेट फाइनलमा

डिसी नेपाल
२१ माघ २०७६ २२:३६

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित गर्यो । जेभियरको जितमा शिशिर कुँवरले २४ अंक योगदान गरे । सुशिल घलेको १८ अंक सहयोगमा गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हरायो ।

स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र नेरिक एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । ज्ञान निकेतनले इनोभेटिभलाई ७१–५१ ले पाखा लगायो । ज्ञान निकेतनकान विवेक यादवले २० स्कोर गरे ।

नेरिकले पुष्पसदनको चुनौती ४१–३९ ले पन्छायो । नेरिकका जीवन शाहीले १७ अंक जोडे । फाइनल बुधबार हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *