गोदावरीमा पर्यावरण टेलिभजन
ललितपुर । वातावरणका विषयमा आधारित कार्यक्रम प्रसारण गर्ने अभिप्रायले पर्यावरण टेलिभिजन शुरु गरिएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा २०६० सालदेखि सञ्चालनमा आएको ‘रेडियो पर्यावरण १०४.२ मेगाहर्ज’ को १६आँै स्थापना दिवसको अवसरमा मंगलबारबाट उक्त टेलिभिजनको प्रसारण थालिएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो टेलिभिजन स्थापनाले मुलुकको पर्यावरण सुन्तुलित राख्न सहयोग पुग्ने बताए । उनले भने,“मुलुकको वातावरण प्रवद्र्धन र संरक्षणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ ।”
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजमा पर्यावरण मैत्री विकासको अवधारणा ल्याउन जरुरी भएको विचार राखे । राजनीतिक परिवर्तनमार्फत मुलुकमा आवश्यक विकास गर्न आफूहरु अघि बढेको श्रेष्ठले बताए । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरीमा उक्त टेलिभिजनको स्थापनाबाट नगरपालिकाको थप पहिचान अघि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरे।
शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेशनल जोग्राफी’ को चर्चा गर्दै यस्तै कार्यक्रम पर्यावरण टेलिभिजनले दिन सके वातावरण सन्तुलन कायम गर्न उपयोगी हुने धारणा राखे ।
Facebook Comment