नेइमार नखेलेको खेलमा पिएसजीको जीत, लिगमा १५ अंकको अग्रता

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानमा नान्टेजमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नान्टेजमाथि २-१ गोल अन्तरको जित हासिल गरेको हो ।
पिएसजीको जितमा माउरो इकार्डी र थिलो केहरेरले एक एक गोल गरे भने नान्टेजका लागि मोयससिमोनले एक गोल गरेका थिए । आफ्ना स्टार खेलाडी नेइमार बिना खेलेको पिएसजीले जित निकालेको हो । नेइमार घाइते भएपछि यस खेलमा बाहिर रहेका थिए ।
यस खेलमा गरेका दुई गोलसँगै पिएसजीले यस सिजनमा सय गोल गरेको छ । यो जितपछि पिएसजीको लिग वानमा २३ खेलमा ५८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १५ अंकले अगाडी भएको छ । त्यस्तै नान्टेजको भने २३ खेलमा ३२ अंक रहेको छ भने लिगको १०औ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment