डिककको शतकमा दक्षिण अफ्रिकाको जीत, ३ खेलको सिरिजमा १-० को अग्रता

डिसी नेपाल
२२ माघ २०७६ ९:१७

काठमाडौँ । दक्षिण अफ्रिकाले पाहुना टोली इङल्याण्डलाई एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको २५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्वेंटन डिककले शतकीय पारी खेलेका थिए । डिककले १०७ रन बनाएर दक्षिण अफ्रिकाको जितको आधार बनाएका थिए । त्यस्तै टेम्बा बभुमाले ९८ रनको योगदान दिए भने रास्सी भान डेर दुसेनले ३८ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २५८ रन बनाएको थियो । इङल्याण्डका लागि जोय डेनलीले सर्वाधिक ८७ रन बनाए भने क्रिस वोक्सले ४०, जासन रोयले ३२ रन बनाए ।

दक्षिण अफ्रिकाका बलर तब्राज शाम्सीले सर्वाधिक ३ विकेट लिएका थिए । शतकीय पारी खेलेका दक्षिण अफ्रिकाका कप्तान क्वेंटन डिकक खेलको प्लेयर अफ द म्याच बनेका थिए । तीन खेलको सीरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता हासिल गरेको छ । सिरिजको दोस्रो खेल फेब्रुअरी ७ मा हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *