आइसीसी विश्वकप लिग २ : नेपाललाई तेस्रो सफलता, रनआउट भए इल्यास (अपडेट)

डिसी नेपाल
२२ माघ २०७६ १०:३५

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । तेस्रो विकेटको रुपमा अकिब इल्यास रनआउट भएका छन् । इल्यासलाई व्यक्तिगत १६ रनमा दिपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमा आउट गरेका हुन् ।

यसअघि २ विकेट करण केसीले लिएका थिए । पहिलो ओभरमै करणले जतिन्दर सिंहलाई ४ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । दोस्रो विकेटको रुपमा उनले खवार अलीलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेट जाँदा १३ ओभर सकिएको छ र ओमानले ३ विकेटको क्षतिमा ३९ रन बनाएको छ । नयाँ ब्याट्सम्यान कोहम्मद नदीम आएका छन् । जीसन मकसूद ९ रन बनाएर खेलिरहेका छन् ।

यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *