विश्व क्रिकेट लीग २ : संकटमा नेपाल, गुमायो ७ विकेट

काठमाडौं। आइसीसी विश्व क्रिकेट लीग–२ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान भिडिरहेका छन् । नेपालले १९८ रनको लक्ष्य पच्छ्याइरहेको छ। यो समाचार तयार पार्दासम्म नेपाल संकटमा देखिएको छ। नेपाललले जितका लागि १३ ओभरमा ७५ रन आवश्यक हुँदा ७ विकेट गुमाएको छ। सन्दीप लामिछाने र शरद भेषवाकर क्रिजमा छन्।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पार खड्का सस्तैमा आउट भएपछि नेपालको इनिङ दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले सम्हाल्दै अगाडि बढाइरहेका थिए । २१ औं ओभरमा दीपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ३६ रनमा आउट भएका छन् ।
नेपाली टीमका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएका थिए । उनी मोहम्मद नदीमको बलमा क्याच आउट भए । अर्का ओपनर पारस खड्का पनि तीन रन बनाउँदै पेभेलियन फर्केका थिए । पारस सुरज कुमारको बलमा आउट भए । नेपालको स्कोर २१ औं ओभरसम्म ६६ रन पुगेको छ । आरिफ शेख नयाँ ब्याट्सम्यान आएका छन् । शरदले २४ रन बनाएर खेलिरहेका छन् ।
Facebook Comment