नेपाल ओमानसँग पराजित

काठमाडौं। आईसीसी विश्व क्रिकेट लीग २ को आफ्नो पहिलो खेल घरेलु भूमिमा खेलेको नेपाल ओमानसँग पराजित भएको छ। लीगको पहिलो खेल नेपालले बुधबार त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेको थियो। १९८ रनको लक्ष्य पाएको नेपाल १८९ रन बनाउँदा अल आउट भयो। नेपालले मात्र ४६ ओभर ५ बलमात्र खेल्न सक्यो। नेपालको ब्याटिंग शुरुदेखि नै दबामा पर्यो।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का ४ रनमै पेभेलियन फर्किए। त्यसपछि शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरीले नेपाली इनिंग्स सम्हाल्ने प्रयास गरे पनि दीपेन्द्र ३६ रनमा आउट भए। यसपछि मैदानमा आएका आरिफ शेखपनि टिक्न सकेनन्। त्यसपछि रोहित पौडेल पनि शून्यमा आउट भए।
त्यसपछि विनोद भण्डारी र भेषवाकरले नेपालको आशा जगाएका थिए। तर, २६ रनमै भण्डारी आउट भए। त्यसपछि करण केसी शून्यमा आउट हुँदा नेपाल दबामा परेको थियो।
बलिंगमा चनलेका सन्दीप लामिछानेले आकर्षक ब्याटिंग गर्दै नेपालको आशा जीवित पार्दा अर्को इण्डबाट ५५ रन बनाएका भेषवाकर आउट हुन पुगे। तयसपछि सन्दीप पनि २८ रनमा आउट भए। अन्तिम विकेटका रुपमा सुशान भारी ८ रन बनाएर आउट भए। अभिनाष बोहोरा ८ रनमा नटआउट रहे।
यसअघि नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए भने डेब्यूटान्ट भारीले ३ विकेट लिएका थिए।
Good game i loved this game Good job all player i proud of nepali player