अन्तर्राष्ट्रिय व्यापार मेलामा जेष्ठ नागरिक र अपाङ्ग भएका व्यक्तिलाई निःशुल्क प्रवेश

डिसी नेपाल
२२ माघ २०७६ १९:४९

काठमाडौं । काठमाडौंमा चैत ६ गतेदेखि १० गते सम्म आयोजना हुने नेपाल अन्तर्राराष्ट्रिय व्यापार मेलामा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकले निःशुल्क प्रवेश पाउने भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन मेलामा स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायीक सम्बन्ध कायम गर्ने उद्देश्यले राखिएको छ ।

भृकुटिमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघले जनाएको छ । त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्ताबाट ५ वटा स्टल बुकिङका लागि पत्राचार भएको छ । ३ सय भन्दा बढी स्टल रहने मेलामा अन्य देशहरुबाट समेत सहभागिताका लागि विदेशमा रहेका नेपाली दूतावास मार्फत पत्राचार गरिएको छ ।

हस्तकला, एनटीआइएस प्रोडक्टहरु मेलाका मुख्य आर्षण रहनेछन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत नेपालका पर्यटन गन्तव्यस्थलको प्रचार प्रसार र छलफल कार्यक्रमको समेत आयोजना गरिने छ । यो वर्ष १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा टिकट दर ५० रुपैयाँ र विद्यार्थी सहुलियत दर ३० रुपैयाँ तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *