काँग्रेसको प्रश्न : लालपुर्जा सिरानीमुनी हाल्नेलाई उन्मुक्ति?
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार चर्चित बालुवाटार जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्दा १७५ जनालाई आरोपित बनायो।
जसमा ४ जना पूर्वमन्त्रीसमेत छन्। यी ४ जना मध्ये काँग्रेस उपसभापति संसदीय दलका उपनेता विजयकुमार गच्छेदार पनि छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको मन्त्रिपरिषदले बालुवाटारमा सडक चौडा पार्ने निर्णय गर्दा सरकारी जग्गा व्यक्तिका नाममा गएको भन्दै अख्तियारले सडक चौडा बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारमाथि मुद्दा दायर गर्यो भने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि नीतिगत निर्णयमाथि अख्तियारले अनुसन्धान गर्न नपाउने भन्दै मुद्दा नचलाउने निर्णय गर्यो।
अख्तियारको यो निर्णय भने प्रमुख प्रतिपक्षी काँग्रेसले स्वभाविकरुपमा लिन सकेको छैन। काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले गच्छेदारमाथिको आरोपमा अख्तियारलाई प्रश्न गरेका छन्। शर्माले बालुवाटारकै ८ आना सरकारी जग्गाको धनीपूर्जा आफ्नो बनाएका नेकपा महासचिब विष्णु पौडेलमाथि मुद्दा नचलाइएकोमा समेत आपत्ति प्रकट गरेका छन्। अख्तियारले पौडेलले सो जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा चलाउनु नपर्ने भनेको छ।
काँग्रेस प्रवक्ता शर्माले लेखेका छन्, श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई ! `एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.’
श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2020
Facebook Comment