पुननिर्माणका लागि विश्व बैंकको २२ अर्व ऋण

डिसी नेपाल
२३ माघ २०७६ १३:३२

काठमाडौं । भूकम्पमा क्षतिग्रस्त भएका घरहरुको पुनः निर्माणका लागि विश्व बैंकले नेपाललाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण दिएको छ । यो रकम ३२ जिल्लाका भूकम्प पिडितको ८६ हजार ६८० वटा घर पुननिर्माणमा खर्च हुनेछ ।

ऋण सहायता सम्बन्धी विहिबार भएको सम्झौतमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरेका छन् । विश्व बैंकले अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (इएचआरपी) संचालन गरिरहेको छ ।

यसका लागि बैंकले नेपाललाई १४ अगस्ट २०१५ मा दुई सय मिलियन डलर, १५ डिसेम्बर २०१७ मा तीन सय मिलियन डलर ऋण प्रदान गरेको थियो । सरकारले भूकम्पबाट भत्किएका व्यक्तिगत आवास पुननिर्माणका लागि प्रति घरलाई तीन लाख रुपैयाँ अनुदान किस्ताबन्दीमा उपलब्ध गराउदै आएको छ ।

हाल १४ जिल्लामा भूकम्प पुननिर्माणको अनुदानको लाभग्राहीमा ६ लाख ८३ हजार ३६७ छन् । उनीहरुमध्ये ९९ प्रतिशतले प्रथम किस्ता, ८२ प्रतिशतले दोस्रो किस्ता र ७१ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *