सरस्वतीको पोस्टमा मच्छिन्द्रको आधा दर्जन गोल

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा मच्छिन्द्र क्लबले शानदार जित दर्ता गरेको छ । १० औँ चरणको खेल अन्तर्गत एन्फा कम्पलेक्समा भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई ६–१ ले पराजित गरेको हो ।
मच्छिन्द्रका लागि दीपक राई दुई तथा देवेन्द्र तामाङ, विशाल राई, सोमिडे एडिलेजा र एन्ड्रेस नियाले एक–एक गोल गरे। पुछारमा रहेको सरस्वतीका लागि कजिम बुसारीले एक गोल फर्काएका हुन् । मच्छिन्द्रको जित जारी लिगकै फराकिलो जित हो। यसअघि न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लबले सरस्वती क्लबलाई नै चार गोलको अन्तरले हराएका थिए।
प्रतिक्रिया
Facebook Comment