आर्मी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । विभागीय डर्बीमा एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा आर्मीको जितमा दुवै गोल सन्तोष तामाङले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको आएको बललाई रमेश दंगालले हेडमार्फत मिलाएको पासमा आशिषले गोल गरे ।
तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । एपीएफका गोलरक्षक राजुले डिबक्स बाहिर आएर बल छोएपछी पाएको फ्रिकिकमा सन्तोषले उत्कृष्ट गोल गरे । सन्तोष म्यान अफ दि म्याच चुनिए ।
जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको २५ अंक रहेको छ ।
बिहिबार नै सरस्वतीलाई ६–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको थियो । आर्मीसँगको हारसँगै एपीएफलाई भने रेलिगेशनको डर कायम रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको ५ अंक रहेको छ ।
Facebook Comment