आर्चर घाईते, श्रीलंकासँगको सिरिज र आईपीएल गुमाउने

डिसी नेपाल
२३ माघ २०७६ १८:५६

एजेन्सी । इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले श्रीलंकाविरुद्धको टेष्ट सिरिज र इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।

दाहिने हातको चोटको कारण आर्चरले श्रीलंकासँगको सिरिज र आईपीएलका खेल गुमाउने भएका हुन् ।

इंग्ल्यान्डले आगामी मार्चमा दुई टेष्टको लागि श्रीलंका भ्रमण गर्नेछ । यस्तै मार्चको अन्तिममा आईपीएल सुरु हुदैछ । आर्चर राजस्थान रोयल्समा रहेका छन् ।

दक्षिण अफ्रिका भ्रमणको दौरान आर्चरले दाहिने हातको कुहिनाको चोट बोकेका थिए । जसको कारण २४ वर्षे बलर आर्चरले अन्तिम टेष्ट समेत गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *