न्युजील्याण्डलाई हराउँदै बंगलादेश यू–१९ विश्वकपको फाइनलमा

डिसी नेपाल
२३ माघ २०७६ २१:२१

काठमाडौँ । बंगलादेश यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । विहिबार न्युजील्याण्डलाई ६ विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।

न्युजील्याण्डले दिएको २१२ रनको लक्ष्य पछाएको बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

बंगलादेशका लागि महमुदुल हसन जोयले शतकीय पारी खेलेका थिए । जोयले १०० बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन बनाएको थियो । न्युजील्याण्डका बेकहम ह्वीलरले ७५ तथा निकोलस लिडस्टोनले ४४ रन बनाए। बंगलादेशका शोरिफुल ईस्लामले ३ विकेट लिए। यस्तै शमिम होसेन र हसन मुरादले २–२ विकेट लिए।

योसँगै बंगलादेश यू–१९ क्रिकेट विश्वकपमा इतिहास बनाउदै पहिलो पटक फाइनलमा पुगेको छ । यस अघि २०१६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको बंगलादेशले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्ने छ ।

भारत यस अघि नै पाकिस्तानलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा पुगिसकेको छ । फाइनल खेल फेब्रुअरी ९ मा हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *