आज कुन देशको भाउ कति ? यस्तो छ २० देशको विनिमयदर (सूचीसहित)

डिसी नेपाल
२४ माघ २०७६ ६:५२

काठमाडौं । आज माघ २४ गते शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय ४८पैयाँ ७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ३३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *