सार्क सचिवालय पुगे प्रधानमन्त्री ओली, सार्क सक्रिय रहनुपर्ने प्रधानमन्त्री सन्देश
काठमाडौं। प्रधानमन्त्री तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार काठमाडौंस्थित सार्क सचिवालय पुगेका छन्।
श्रीमती राधिका शाक्यसहित सार्क सचिवालय पुगेका प्रधानमन्त्री ओलीले सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आगन्तुक पुस्तिकामा प्रधानमन्त्री ओलीले सार्कले यो क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेकोले यसको महत्व निकै रहेको उल्लेख गरेको पराष्ट्र मन्त्रालयले जनाएको छ।
२०१४ देखि नेपाल सार्कको अध्यक्षको हैसियतमा रहेको छ। हरेक दुई दुई वर्षमा हुनुपर्ने सार्कको शिखर सम्मेलनमा पछिल्लो पटक २०१४ मा काठमाडौंमा भएको थियो। त्यसपछि शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाए पनि शिखर सम्मेलन हुन सकेको छैन।
भारत र पाकिस्तानबीच विवाद रहेका कारण सार्कको अस्तित्व नै संकटमा परेकाबेला शुक्रबार प्रधानमन्त्रीले सार्क सचिवालय पुगेर सार्कको सक्रियता हुनुपर्ने सन्देश दिएका छन्।
Prime Minister Rt. Hon. Mr. K P Sharma Oli visited SAARC Secretariat today and planted a sapling in the secretariat premises. The Prime Minister also signed visitor’s book expressing Nepal’s commitment to regional cooperation for peace, progress and development. @PradeepgyawaliK pic.twitter.com/kbfLaTwEEE
— MOFA of Nepal ?? (@MofaNepal) February 7, 2020
नेपालले पटक पटक सार्कको महत्व र अस्तित्व सबैले स्वीकार गर्नुपर्ने बताउँदै आएको छ। तर, दक्षिण एशियाली पावर भारतले भने सार्कको विकल्पमा बुहक्षेत्रीय सहयोगका लागि बंगालको खाडी (विम्स्टेक) लाई अगाडि बढाइरहेको छ। यो समूहमा पाकिस्तान छैन।
Facebook Comment