कांग्रेस नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न सकेन : नेता जोशी

डिसी नेपाल
२४ माघ २०७६ १७:०४

काठमाडौैँ । वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रसका नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न नसकेको दाबी गरेका छन् । शुक्रबार वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनको उदघाट्न गदै प्रमुख अतिथि जोशीले वीपीको विचार अवलम्बन गरेमात्र पार्टी शक्तिशाली बन्ने दाबी गरे । नेपाली काँगे्रसका नेता समेत रहेका जोशीले काँगे्रसमा गुटउपगुट हाबी हुँदा निरन्तर कमजोर बनेको उल्लेख गरे । पार्टी कमजोर बन्दा पार्टीले प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको उनको जिकिर छ । वीपीले अबलम्बन गरेको राष्ट्रियता , प्रजातन्त्र र समाजवादबारे कार्यकर्ताहरुमा सहि ब्याख्या गर्न नसकिएको उनको तर्क छ ।

सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई गाउँगाउँ पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि चन्दले आफूहरुले थालनी गरेको अभियानले काँग्रेसलाई बलियो बनाउनको लागि महत्वपूर्ण योगदान भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमालले वीपीको विचारबारे प्रकाश पारेका थिए । वीपीको विचारलाई गाउँगाउँमा पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमको आयोजना गरेको दाबी गदै काँग्रेसप्रति विश्वास बढ्दै गएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *