बालुवाटार प्रकरणमा शक्तिशाली व्यक्तिलाई उन्मुक्ति दिन खोजियो : महामन्त्री कोइराला

डिसी नेपाल
२४ माघ २०७६ १९:५७

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशका न्यायिक निकायहरुले सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतमा दायर गरेको मुद्दा विवादित भइरहेका बेला काँग्रेस महामन्त्री कोइरालाको यो धारणा आएको हो।

शुक्रबार काठ्माडौंको महाराजगन्जस्थित आफ्नै निबासमा पार्टीका नेताहरु र सञ्चारकर्मिहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले न्यायिक निकायहरु सरकार र कुनै राजनीतिक दल बिशेषबाट प्रभाबित हुन नहुने बताए।

राजनीति र सत्ताको आडमा कसैमाथि अन्याय नहोस भन्नकै लागि लोकतन्त्रमा स्वतन्त्र न्याय पद्दतिको मान्यता स्थापित भएको स्मरण गर्दै कोइरालाले न्यायिक निकायहरुले ष्पिक्षताका साथ काम गरेर सबैको बिश्वाश जित्न सक्नुपर्नेमा जोड दिए।

न्यायिक संस्थाहरुले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुनेमा कोइरालाको जोड थियो।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रती इङ्गित गर्दै कोइरालाले उक्त निर्णय राजनीतिक रुपमा पूर्वाग्राही देखिएको टिप्पणी गरे। े

नेपाली काँग्रेस स्थापनाकालदेखि नै भ्राष्टाचारको विरुद्धमा रहेको भए पनि बालुवाटार जग्गा प्रकरणमा राजनीतिक प्रभावको आधारमा शक्तिशाली व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको प्रष्ट देखिएको बताए।

कोइरालाले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने भन्दै सत्ताको आडमा कसैलाई उन्मुक्ति दिन खोजे स्विकार्य नहुने स्पस्ट पारे।

पछिल्लो समय सरकारले संवैधानिक आयोगहरु र सुरक्षा निकायहरुमाथि नियन्त्रणको प्रयास र लोकतन्त्र एबम जनभावना बिपरितका विधेयकहरु ल्याइरहेको बेलामा देशका न्यायिक निकायहरु अझ निष्पक्ष हुनुपर्नेमा न्यायिक निकायहरुमाथि नै प्रश्न उठ्ने स्थिति आउनु दुखद् भएको समेत कोइरालाले बताए।

सरकार अधिनायकबादी बाटोमा हिड्न खोजेका बेला न्यायिक निकायहरु स्वतन्त्र र निष्पक्ष भए मात्रै लोकतन्त्र बलियो हुनेमा महामन्त्री डा. कोइरालाले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *