घरेलु मैदानमा अमेरिकाको चुनौती

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान ९ः३० मा सुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।
नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।
Facebook Comment