एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल मल्लको विश्वरेकर्ड

डिसी नेपाल
२५ माघ २०७६ १२:३४

काठमाडौं । नेपाली क्रिकेटर कुशल मल्लले विश्वरेकर्ड बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्वरेकर्ड बनाएका हुन् । उनले नेपालकै रोहित पौडेलको रेकर्ड तोडे ।

आइसीसी विश्वकप लिग २ मा आजको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका नेपाली खेलाडी कुशल मल्लले अमेरिकाविरुद्ध आज मल्लले ४९ बलमा अर्धशतक बनाएका हुन् । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

कुशलले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन् । यसअघि यो रेकर्ड रोहित पौडेलको नाममा थियो । रोहितले १६ वर्ष १४६ दिनको उमेरमा युएइविरुद्ध अर्धशतक बनाएका थिए । रोहितले एकदिवसीयमा पाकिस्तानका शाहिद आफ्रिदी र सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका सचिन तेन्दुलकरको रेकर्ड तोडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *