नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग २ मा आज जारी खेलमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको हो ।
नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । ५० रन बनाएका कुशल मल्लले विश्वरेकर्ड समेत बनाए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्वरेकर्ड बनाएका हुन् । उनले नेपालकै रोहित पौडेलको रेकर्ड तोडे ।
विनोद भण्डारीले ५९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ सुसन भारीले ११ रन बनाए । अमेरिकाका लागि क्यामरन स्टेभेन्सनले ३ विकेट लिए । सौरभ नेत्रावल्कर र रोस्टी थेरोनले २–२ विकेट दिए । एल्मोर हचिन्सन, इयान होल्याण्ड र करिमा गोरेले १–१ विकेट लिए ।
प्रतिक्रिया
Facebook Comment