आज प्राय सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ?
काठमाडौं । आज माघ २६ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । सोमबारबाट घटेको विनिमयदर शनिबारबाट उकालो लागेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५३ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ १५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ८० पैसा रहेको छ।
Facebook Comment