दुई सय ग्राम सुन सहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध रुपमा लैजान लागेको करिब २ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही बरमपुर नगरपालिका–७ मोहनगन्ज बस्ने एहजार अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना। ५ ख ६५९९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार अन्सारी सुनसहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment