कतारबाट पारिश्रमिक नपाइ फर्किएका ३३ जनाको तलब आउँदा २२ कामदारको नामै हरायो

डिसी नेपाल
२६ माघ २०७६ १४:०१

काठमाडौं । कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीले ३३ जना नेपाली कामदारको तलब पठाए पनि थप २२ जनाको तलब नपठाएको पीडितहरूले गुनासो गरेका छन्। कम्पनीले केहीदिन अघि ३३ जना कामदारको तलब पठाएको थियो।

रोजगारीका लागि कतार पुगेका ५५ जना नेपालीलाई सो कम्पनीले लामो समयदेखि तलब नदिई रित्तै हात स्वदेश फर्काएको थियो। पारिश्रमिक नपाइ फर्कैका उनीहरुले आफ्नो तलब भुक्तानीको लागि पहल गरिदिन भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए। उनीहरूलाई तीनदेखि ६ महिनासम्मको पारिश्रमिक नदिई स्वदेश फर्काइएको थियो।

उजुरीपछि विभागको पहलमा कतारस्थित नेपाली राजदूतावास मार्फत कम्पनीले ३३ जना कामदारको २ लाख ८५ हजार कतारी रियाल (नेपाली करिब ८५ लाख रुपैयाँ) रकम भुक्तानी गरेको हो। विभागले एक सूचना जारी गर्दै विभागको समन्वय र सहजीकरणपछि काठमाडौँस्थित कतारी राजदूतावासमार्फत भुक्तानी गर्ने जानकारी दिएको उल्लेख गरेको थियो।

तर, सँगै उजुरी दिएका उनीहरुमध्ये २२ जनाको तलब नै नपठाएको पीडिहरुले डिसी नेपालसँग बताएका छन्। ‘हामी मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीबाट तलब नपाइ फर्कैका ५५ जनाले सँगै उजुरी गरेका थियौँ। केहीदिन अघि विभागले जम्मा ३३ जनाको तलब आएको भनेर तलब लिन आउन भनेर सुचना निक्काल्यो। अरु २२ जनाको आएन’, तलब नआउने मध्येका एक शकील अहमद मुसमलमानले भने। मुसलमान हाल रोजगारीका लागि कतारकै एक अर्को कम्पनीमा पुगेका छन्। उनका अनुसार तलब नआएका २२ जनामध्ये अहिले कोही रोजगारीको लागि पुन कतार, दुबईलगायतका मुलुकमा पुगेका छन् भने कोही नेपालमै छन्।

हराइएका नाम तथा पाउनु पर्ने बाँकी तलबको विवरण

मुसमलमानका अनुसार २२ जना कामदारले १ लाख ६५ हजार २ सय ५७ कतारी रियल (नेपाली करिव ५१ लाख ७५ हजार ५ सय ५० रुपैयाँ) तलब पाउन बाँकी छ ।

वैदेशिक रोजगार विभागका निर्देशक हरि ज्ञवालीले भने आफूहरु कहाँ तलब नपाएका ३३ जनाको मात्रै उजुरी आएको र उनीहरुको लागि विभागले कतारस्थित नेपाली दूतावास मार्फत पहल गरेको बताए। उनले ५५ जनाको सँगै उजुरी आएको बारे आफूलाई जानकारी नआएको बताए। ‘विभागमा भएको फाइलमा ३३ जना कामदारको तलब नआएको भन्ने थियो। विभागको पहलमा कम्पनीले उनीहरुको तलब पठाएको छ। अन्य २२ जनाको बारेमा हामीलाई जानकारी छैन्, निर्देशक ज्ञवालीले भने। उनले कामदारले तलव नपाएको हो भने त्यसका लागि पहल गर्ने जनाए।

हराइएका नाम तथा पाउनु पर्ने बाँकी तलबको विवरण

विभागले कम्पनी ३३ जना कामदारको तलब पठाएको भन्दै सूचना निकालेको थियो। नामसहित निकालिएको सूचनामा रकम लिन ७ दिनभित्र काठमाडौँको बुद्धनगरस्थित विभागमा उपस्थित हुन आग्रह गरिएको थियो। सो रकम लिनका लागि कामदारहरूले आ–आफ्नो खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिका साथ पेश गर्नु पर्ने विभागले जनाएको छ।

तलब आएकाहरुको विवरण




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *