नेइमार नखेलेको खेलमा पिएसजीको सहज जीत, लिगमा १२ अंकको अग्रता

डिसी नेपाल
२७ माघ २०७६ ८:३१

काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनमाथि ४–२ गोल अन्तरले जित हासिल गरेको हो ।

पिएसजीको जितमा किलीयन एम्बाप्पे, एन्जल डि मारिया र एडिसन कभानीले एक एक गोल गरे भने एक गोल लियोनका फेर्नाँडो मार्कलले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै लियोनका लागि मार्टिन टेरीएर र मोउससा डेम्बेलेले एक एक गोल गरेका थिए । इन्जुरीका कारण बाहिर रहेका नेइमार बिना खेलेको पिएसजीका लागि एडिसनले गत अगस्टपछि पहिलो गोल गरेका छन् भने नेइमारको अनुपस्थितिमा एन्जल डि मारियाले आफ्नो उच्च फर्म देखाएका छन् ।

यो जितपछि पिएसजी २४ खेलमा ६१ अंकसहित लिगको शीर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १२ अंकले अगाडि रहेको छ । त्यस्तै लियोनको भने २४ खेलमा ३३ अंक छ भने लिगको नवौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *