क्रिकेट खेलाडीले प्रतिखेल रु पाँच हजार पाउने, चैतमा एकदिवसी प्रतियोगिता गरिने

डिसी नेपाल
२७ माघ २०७६ २२:४६

काठमाडौं। एकदिवसीय तथा टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेलेबापत रु पाँच हजार पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को सोमबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

सन् २०२० को जनवरीदेखि लागू हुने गरी सो पारिश्रमिक दिइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। यसअघि नेपाली खेलाडीले खेलेवापत पारिश्रमिक पाउने गरेका थिएनन्।

यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको उनले बताए। खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ।

उक्त समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । उक्त समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेश गर्नेछ ।

यसरी श्रेणीवद्ध गरिएका खेलाडीले वर्गिकरण गरिएअनुरुप पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आगामी चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *