अमेरिकामा गएर गणेश थापाले के भने ?

डिसी नेपाल
२८ माघ २०७६ ११:४५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष तथा पूर्वसांसद गणेश थापाले आफूलाई नेपाली फुटबलबाट सम्मानित तरिकाले विदा हुन नदिइएको गुनासो गरेका छन् । उनले एक खेलाडीको सम्मानजनक रुपमा विदा हुने चाहना हुने भएपनि आफूलाई त्यो अवरबाट बञ्चित गराइएको बताए ।

अमेरिकाको भर्जिनिया डिसीमा भएको एक अन्तरक्रियामा थापाले अमेरिकावासी नेपालीहरुसँग उनले आफूलाई जानाजान अपमानित गरेर टिमबाट निकालिएको बताए । २०४६ सालको परिवर्तनपछि आफूलाई कमल थापाको भाइ भनेर राजनैतिक लाञ्छना लगाइ अपमानित गरिएको उनको गुनासो थियो । विदेशका क्लवका लागि खेलेर राम्रो प्रदर्शन गरिरहेको र लगातार गोल पनि गरिरहेको खेलाडीलाई राष्ट्रिय टिमबाट हटाइएकोप्रति उनले गुनासो पोखे ।

उनले आफूले नेपाली भूमिमा खेलेर सन्यास लिन चाहेको भए पनि त्यो चाहना पूरा हुन नसकेको बताए । व्यवसायिक रुपमा विदेशी लिगमा खेल्दै गर्दा घाइते भएपछि ठिक हुन नसक्दा आफूले बाध्य भएर सन्यास लिनुपरेको उनको भनाइ थियो । उनले आफ्नो देशको लागि खेल्न नपाएकोमा दुःख व्यक्त गरे । ‘आफ्नो देशमा खेल्न पाइन विदेशमा गएर खेल्नुपर्यो’ उनले भने ‘राष्ट्रिय टिमबाट मात्र होइन देशको क्लवबाट समेत खेल्न पाइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *