नविलको नाफा घट्यो,अधिकांश सूचक खराव

डिसी नेपाल
२८ माघ २०७६ १२:३५

काठमाडौं । चालु आर्थिक वर्षको पुसमा नविल बैंकको नाफा घटेको छ । नाफासँगै बैंकको अधिकांश वित्तीय सूचक समेत खराव देखिएका छन् । आर्थिक वर्ष २०७६/०७७ को पुससम्म बैंकले २ अर्व ४ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आवको यसै अवधिको तुलनामा यो ६.२० प्रतिशत कम हो । गत पुससम्ममा बैंकको नाफा २ अर्व १७ करोड रहेको थियो । बैंकले चालु आवको ६ महिनामा एक खर्व ६४ अर्व निक्षेप संकलन गरी एक खर्व ४१ अर्व लगानी गरेको छ ।

बैंकको व्यवसायमा सामान्य वृद्धि भएपनि खुद व्याज आम्दानीमा गिरावट र खराव कर्जा बृद्धि भएपछि आएपछि नाफामा असर गरेको हो । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको सूचकहरु खराव देखिएको छ । बैंकको कष्ट अफ फण्ड बढेर ६.०२ प्रतिशत र खराव कर्जा ०.७५ प्रतिशत र आधार दर समेत ८.१० प्रतिशत र स्प्रेडदर ४.९९ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *