हातेमालोको १८औ अंक ‘दि भ्वाईस अफ एभरेष्ट’ स्मारिका दिल्लीमा विमोचन
नयाँ दिल्ली । हातेमालो नेपाली विद्यार्थी समुहले वार्षिक स्मारिका ‘दि भ्वाईस अफ एभरेष्ट’ १८औ अंकको विमोचन गरिएको छ । स्मारिकाे गत आइतबार
लक्ष्मीनगर, नयाँ दिल्लीमा एक समारोहकाबीच विमोचन गरिएको हो।
स्मारिकामा हातेमालोका सदस्यहरु तथा शुभचिन्तकहरुको पेशागत, आर्थिक, स्वाथ्य, प्रेरणादायक, सन्देशमुलक तथा साहित्यिक लेख
रचनाहरुलाई संकलनगरि एक उत्कृष्ट संग्रहको रुपमा प्रकाशन गरिएको छ।
भारतमा सिए अध्ययनरत विद्यार्थीहरुको विकासका लागि शैक्षिक, साँस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको नमुना विद्यार्थी संगठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रतेक वर्ष ‘दि भ्वाईस अफ एभरेष्ट’ नामक वार्षिक स्मारिका प्रकाशन गर्दै आएको छ ।
युवा रचनामा हिमाली सुन्दरता,पहाडी कोमलता र तराईको सम्पन्नता मात्र होइन सुन्दरता मै अन्तर्गर्भित दुःख, पीडा, अनुभूति तथा कल्पनाजन्य सामाजिक यथार्थ, प्रविधि तथा कथाजन्य झाँकी, सुनौलो भविष्यका लहलहाउँदा सपना एवम् संघर्षमय वर्तमानका आशालाग्दा तरेलीहरूको संग्रह हो ‘दि भ्वाईस अफ एभरेष्ट’ ।
भारतका लागि नेपाली दूतावासका सांस्कृतिक प्रमुख होमनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा आसीएआईका केन्द्रिय परिषद सदस्य सीए हंसराज चुघ, सीए आरके गुप्ता र जेके शाह क्लासेसका सीओओ सीए आशिष शाह उपस्थित रहेका थिए।
कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहका तेस्रो कार्यकालका सचिव सिए प्रवेश आचार्य र चौथो कार्यकालका सचिव सुधन महतको पनि
उपस्थिति रहेको थियो।
स्मारिका विमोचन बारे सम्बोधन गर्दै संस्थाका सचिव आरक्षण रिजालले स्मारिका प्रकाशनको दौरानमा देखिएका आरोह–अवरोहलाई समेत स्मरण गरेका थिए।
संस्थाका अध्यक्ष रोशन कुमार यादवको अध्यक्षमा सम्पन्न कार्यक्रम सदस्य समीर अधिकारीको स्वागत मन्तव्य तथा विपल चौलागाईंको सञ्चालनमा सम्पन्न गरिएको थियो ।
Facebook Comment