अन्तिम खेलमा भारत ५ विकेटले पराजित, एकदिवसीय सिरिजमा न्युजिल्याण्डको क्लीन स्वीप

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलको शृंखला घरेलु टोली न्युजिल्यान्डले क्लीन स्वीप गरेको छ । भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७.१ ओभरमा पूरा गरेको हो ।
भारतले दिएको २९७ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि सातौं नम्बरमा आएका ग्रान्डहोमले २८ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५८ रनको पारी खेले । उनीसँगै टम लथाम पनि ३२ रनमा अविजित रहे । ओपनर मार्टिन गुप्टील र हेनरी निकोलसले १०६ रनको साझेदारी गरी न्युजिल्यान्डलाई बलियो सुरुआत दिलाएका थिए ।
४६ बलमा चौका र ४ छक्कासहित ६६ रन बनाएर गुप्टिल आउट भए। कप्तान केन विलियमसन २२ रनमा आउट भए । त्यसपछि आएका रस टेलरले पनि १२ रनमात्र जोड्न सके । यस्तै हेनरी निकोलस ८० रन बनाएर आउट भने जिमी निसमले १९ रन बनाए। भारतका युजवेन्द्र चहलले ३ विकेट लिए । सार्दुल ठाकुर र रविन्द्र जडेजाले १–१ विकेट लिए। ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो । भारतका केएल राहुलले सतक प्रहार गरे। उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११२ रन बनाए। यस्तै श्रेएस ऐरले ६२ रनको अर्धशतकीय पारी खेले। ओपनर पृथ्वी शले ४० तथा मनिस पान्डेलले ४२ रन जोडे ।
न्युजिल्यान्डका हामिस बेन्नेटले ४ विकेट लिए । केल जेमिसन र जेम्स निसमले १/१ विकेट लिए ।
Facebook Comment