पाकिस्तानका पूर्व क्रिकेटर वकार हसनको निधन

एजेन्सी । पहिलो पटक भारतीय भ्रमणमा आएका पाकिस्तानी क्रिकेट टीमका सदस्य वकार हसनको सोमबार ८७ वर्षको उमेरमा मृत्यु भएको छ ।
हसन १९५२ मा भारत–पाकिस्तानबिचको प्रतिश्पर्धा टोलीका अन्तिम जीवित खेलाडी थिए । उनले १९५४ मा इंग्ल्यान्ड र १९५५–५६ मा वेस्टइन्डिजको भ्रमण पनि गरे।
उनी पाकिस्तानी टिमको जितको एक हिस्सा रहेका थिए । उनले १९५९ मा सन्यास घोषणा गर्नु अघि २१ टेस्टमा १०७१ रन बनाएका थिए । हसनले पाकिस्तान क्रिकेट बोर्डमा मुख्य चयनकर्ता र प्रबन्धकको रूपमा पनि काम गरेका थिए ।
उनको जन्म १२ सेप्टेम्बर १९३२ मा अमृतसरमा भएको थियो। उनले १९५२ को भारत भ्रमणमा तीन अर्धशतक लगाएका थिए। इंग्ल्यान्डविरूद्ध, उनले टीमलाई जिताउनका लागि ५४ रन बनाएका थिए । उनले लाहोरमा १९५५ मा इंग्ल्यान्डबिरुद्ध १८९ को उत्कृष्ट पारी खेलेका थिए ।
Facebook Comment