एनआईसीका भाग्यमानी ग्राहकलाई सोल्टीमा निःशुल्क डिनर
काठमाडौं । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।
जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमा कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवनसाथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।
बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत कुनै पनि भुक्तानीमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।
तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन ।
प्रतिक्रिया
Facebook Comment