सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा ‘प्याक’

काठमाडौं। नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।
नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्।
लामिछानेको यो ओडीआई करिअरकै उत्कृष्ट बलिंग फिगर हो। उनले आफ्नो अन्तिम ओभरमा २ विकेट लिँदै अमेरिकालाई रेकर्ड सबैभन्दा कम स्कोरमा अलआउट गरे। नेपालले ओडीआईमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा रोकेको यो पहिलो हो।
सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।
नेपालले जारी लीगमा अमेरिकालाई पराजित गरिसकेको छ। आज त्रिकोणीय श्रृंखलाको अन्मित खेलमा पनि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका हुन्। ३ देश रहेको श्रृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो।
अमेरिका पनि ओमानसँग दुबै खेलमा र नेपालसँग एक खेलमा पराजित भइसकेको छ। केही समयपछि ब्याटिंगका लागि नेपाल मैदानमा आउने छ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी छ।
Facebook Comment