मेगा बैंकको नाफा ९५ करोड
काठमाडौं। मेगा बैंक नेपालले चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमाससम्ममा ९५ करोड २ लाख खुद नाफा गरेको छ। अघिल्लो आवको यसै अवधिमा ४३ करोड ७४ लाख नाफा गरेकोमा यसवर्ष ३० प्रतिशत बृद्धि भएको हो।
२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो।
बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिंङ केन्द्रहरु र २ हजार ५ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ।
प्रतिक्रिया
Facebook Comment