आईसीसी विश्वकप क्रिकेट लीग–२: नेपालको खेलमा बनेका कीर्तिमानहरु

काठमाडौं । काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पार्दै सुखद अन्त्य गरको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई सबैभन्दा कम स्कोर ३५ रनमा मा समेटेर नेपालले श्रीलंकासंगको विश्वकीर्तिमान बराबरी गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा माघ २२ देखी सुरु भएको प्रतियोगितामा आयोजक नेपाल संगै ओमान र अमेरिकाको सहभागिता रहेको थियो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न:
स-साना कमि कमजोरिका बाबजुद लामो समयको निलम्बन पछि फुकुवा भएको क्यानले पहिलो पटक नेपालमा त्रिकोणात्मक एकदिबसिय प्रतियोगिता सफतापूर्वक सम्पन्न गर्न सफल भएको छ । हुनत सुरुमा प्रायोजक लगायत विभिन्न कुराहरु जुटाउन क्यानलाई गाह्रो नपरेको हैन तर पनि विभिन्न समस्याहरुलाई छिचोल्दै अन्ततः क्यानले सफलतापूर्वक प्रतियोगिता आयोजना गरेर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई नेपालले पनि अब एकदिवसीय प्रतियागिता आयोजना गर्न सक्छ भन्ने सन्देश पनि दिन सफल भएको छ ।
लीग –२ अन्र्तगत नेपालले सन २०२१को फेबु्रवरी महिनामा नेपाल, यूएई र पपुवा न्यूगीनी बिच अर्को त्रिकोणात्मक सिरिज आयोजना गर्नुपर्ने आईसीसीको खेल तालिकामा रहेको छ ।
यो सिरिजमा बनेका केही कीर्तिमानहरु:
सबैभन्दा पहिलो कीर्तिमान त्रिभुवन अन्तराष्टिय क्रिकेट मैदानको रह्यो जुन मैदानले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पायो र उक्त मैदानमा माघ २२ गते पहिलो एकदिवसीय प्रतियोगीता नेपाल र ओमान बिच भयो सोही दिन नेपालका सुशान भारी र अबिनाश बोहोराले अन्तर्राष्टिय एकदिवसीय क्रिकेट खेलमा डेब्यु गर्ने मौका पनि पाए ।
त्यस्तै माघ २५ गते नेपाल र अमेरिकाबीच भएको खेलमा नेपाल कुशल मल्लले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने मौका पाए र सो खेलमा कुशल विश्व क्रिकेट जगतको अन्तर्राट्रिय एकदिवसीय डेब्यु खेलमा अर्धसतक प्रहार गर्ने कम उमेरका युवा खेलाडी बने । उनले यो विश्व कीर्तिमान बनाउदा उनको उमेर १५ बर्ष ३४० दिन रहेको थियो । यो भन्दा अगाडी सो कीर्तिमान नेपालका युवा क्रिकेटर रोहित पौडेलको नाममा रहेको थियो । उनले २०१९ मा यूएईसंगको खेलमा अर्धसतक प्रहार गरेका थिए। यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गतकै माघ २६ गते भएको ओमानसंगको खेलमा नेपालका कमल सिंह ऐरिले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यु गरे ।
माघ २९ गते अमेरिकासंगको अत्तिम खेलमा नेपालले अर्को एउटा विश्व कीर्तिमान बनाउन सफल भयो उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेर श्रीलंकासंगको विश्व किर्तीमान राख्न सफल भयो। श्रीलंकाले सन् २००४मा जिम्बाब्वेलाई ३५ रनमा रोकेर एकदिवसीय खेलमा सबैभन्दा कम रनको रेकर्ड बनाएको थियो। बुधबार भएको अमेरिकासंगको खेलमा सन्दीप लामिछानेले नेपालको तर्फबाट अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान राख्न सफल भए ।
सबैभन्दा बढि रन र विकेट
सिरिजमा सबैभन्दा बढि रन बनाउने तेस्रो नम्बरमा नेपालका बिनोद भण्डारी रहे उनले चार खेलमा एक अर्धसतकको मद्दतले १२० रन बनाए । यस्तै सबैभन्दा बढि विकेट लिने खेलाडीको शिर्ष स्थानमा नेपालका सुशन भारी रहे उनले ४ खेलमा सर्वाधिक ११ विकेट लिन सफल भए।
Facebook Comment