म्याक्सवेलले दक्षिण अफ्रिकाको भ्रमणसंगै आईपीएलका केही खेल गुमाउने

एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।
हातको चोटका कारण म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । म्याक्सवेलको देब्रे हातको कुहिनाको चोटको शल्यक्रिया गर्नु पर्ने भएको कारण उनले भ्रमण गुमाउने भएका हुन् । उनले आईपीएलका सुरुवाती खेलहरु पनि गुमाउने भएका छन्।
क्रिकेट अष्ट्रेलियाले म्याक्सवेल कम्तिमा ६ देखि ८ हप्ता मैदान बाहिर रहने जनाएको छ । उनको स्थानमा अष्ट्रेलियाले डी‘आर्सी सर्टलाई टिममा ल्याएको छ। अष्ट्रेलियाले फेब्रुवरी २१ देखि ७ मार्चसम्म दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । अष्ट्रेलियाले ३ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।
प्रतिक्रिया
Facebook Comment